हाम्रो छिमेकी राष्ट्र चीनबारे तपाईलाई थाहा नभएका निकै अनौठा २५ तथ्यहरु !!

नेपालको शक्तिशाली छिमेकी चीनलाई तपाईंले कति नजिकबाट चिन्नुभएको छ ? शक्तिशाली जनसेना, वस्तुहरुको अत्यधिक उत्पादनजस्ता कुराहरु त सुन्नुभएको होला । कम्युनिष्ट राष्ट्र भनेर चिनिएको चीनमा केही यस्ता तथ्

यी हुन् सुनको कार र सुनकै जहाजका चढ्ने मालिक सुल्तान !!

ब्रुनाइका सुल्तान हसनलको नाम नेपालीका लागि नौलो हुनसक्ला तर विश्वका लागि यो नाम एउटा अति धनाढ्य व्यक्तिका रुपमा प्रसिद्ध छ। ब्रुनाइको सम्पन्नता र यहाँका सुल्तानको रहिस शैलीको एउटा मात्र कारण भनेको यहाँको तेल हो।

चीनले नेपाल सहित छिमेकी देशहरूलाई उर्जा नेटवर्कमा जोड्ने योजना !

चीनले नेपाल सहित छिमेकी देशहरूलाई उर्जा नेटवर्कमा जोड्ने गरी ’पावर सिल्करोड’ योजना अगाडि ल्याएको छ। सिल्करोड पुनरुत्थानलाई केन्द्रमा राखेर क्षेत्रीय पूर्वाधार निर्माणमा जुटेको चीनले पहिलो चरणमा सिन्ज्याङमा उर्जा नेटवर्क निर्माणका लागि ३१ अर्ब अमेरिकी डलरको महत्वकांक्षी योजना अगाडि सारेको छ।

अब पृथ्वीमा कहिल्यै अँध्यारो नहुने !

विज्ञानको विकासले पृथ्वीको मानव सभ्यताभित्र ठूलो उचाई प्राप्त गरेको छ । विज्ञानको प्रयोगलाई मानवजातिले जसरी प्रयोग गर्दै आयो त्यसको परिणाम स्वरुप मानव जातिको महत्वाकांक्षा र सुविधा पनि बढ्दै गएको छ ।

तातोपानीमा मह र कागती मिसाएर खाँदा हुने ९ फाइदा !!

यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

Saturday, 6 May 2017

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाक पदाधिकारीहरुको तलब भत्ता तोकियो | कसको कति त ? पढ्नुहोस पुरा ||


स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। 


ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्युनतम सेवा सुविधा दिने व्यवस्था गर्न लागिएको हो। 



यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन्। कसको कति तलब? 

महानगरपालिका 

प्रमुख : ६० हजार 
उपप्रमुख : ५० हजार 
वडाअध्यक्ष : ३० हजार 

उपमहानगरपालिका 

प्रमुख : ४५ हजार 
उपप्रमुख : ४० हजार 
वडाअध्यक्ष : २५ हजार 


नगरपालिका 

प्रमुख : ३० हजार 
उपप्रमुख : २५ हजार 
वडाअध्यक्ष : २० हजार 

गाउँपालिका 

प्रमुख : २५ हजार 
उपप्रमुख : २० हजार 
वडाअध्यक्ष : १५ हजार 
बैठक भत्ता १ हजार 

बैठक भत्ता एक हजार स्थानीय तहमा निर्वाचित वडा सदस्यहरूका लागि हजार रुपैयाँ बैठक भत्ता प्रस्तावित गरिएको छ । स्थानीय तहका पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनको मस्यौदाअनुसार बैठकमा उपस्थित हुँदा एकपटकको हजार रुपैयाँ पाउनेछन् । तर, मासिक पारिश्रमिक लिने प्रमुख, उपप्रमुख र वडाध्यक्षले भने बैठक भत्ता पाउँदैनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार महिनामा बढीमा तीनवटा बैठक बस्न पाउनेछ, तर एउटा बैठक अनिवार्य रूपमा बस्नुपर्नेछ |

Sunday, 22 January 2017

झलक दिख्लाजा सिजन ९ को उपाधि जितिसकेपछि तेरिया मगरलाई देश विदेशबाट बधाई तथा शुभकामना दिनेको ओइरो !!



काठमाडौँ ! धन्यबाद तेरिया नानी-नेपालको गौरव अनि नेपालीको सान बढायौ, हामी सबैको भोटले अन्तिममा काम गर्यो है, भोट दिने जती सबैले शेयर गरौं यो गौरवशाली भिडियो क्लिप्स!!!
Congratulation Teriya Magar
मुरि मुरी बधाई ।




नेपालकी छोरी, उमेर जम्मा १४ वर्ष।
वाइल्ड कार्ड इन्ट्रीबाट कार्यक्रममा यसरी प्रवेश गरिन्, त्यहाँका दिग्गजलाई पछि पार्दै Jhalak Dikhhla Jaa (season 9) को उपाधी नै उनैले जितिन्! Teriya Phounja Magar धेरै भन्दा धेरै बधाई !!



Saturday, 21 January 2017

एनसेलले 'इन्टरनेट सबैका लागि' भन्ने नाराकासाथ इन्टरनेटको प्याकेज ग्राहकहरु माझ भोलिबाट ल्याउदै ... हेर्नुहोस कस्तो छ त डे अनि नाइटको प्याकेज !!



काठमाडौं, ८ माघ, देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले 'इन्टरनेट सबैका लागि' भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मूल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्नेछन् ।



यही आइतबार (माघ ९) देखि लागु हुने यस योजनामा एनसेलले भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र पाँचवटा सरल शुल्कमा समेटेको छ, जसले ग्राहकलाई आफ्नो छनौटको डेटा प्याक लिन अझ सहज बनाएको छ । योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने एनसेलले जनाएको छ । अल टाइम डेटा प्याक चाहने ग्राहकले रु ९ मा २० एमबि, रु २० मा ५० एमबि, रु १०० मा ३०० एमबि, रु १५० मा ५०० एमबि र मात्र रु २५० मा १००० एमबि डेटा खरिद गर्न सक्नेछन् । 




डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । अर्थात् डे डेटा प्याक खरिद गर्ने ग्राहकले रु ९ मा ४० एमबि, रु २० मा १०० एमबि, रु १०० मा ६०० एमबि, रु १५० मा १००० एमबि र मात्र रु २५० मा २००० एमबि डेटा पाउने छन् । नाइट डेटा प्याक सुचारु गर्नेले रु ९ मा ८० एमबि, रु २० मा २०० एमबि, रु १०० मा १२०० एमबि, रु १५० मा २००० एमबि र मात्र रु २५० मा ४००० एमबि डेटा पाउने पनि कम्पनीले जनाएको छ । 

यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले १३ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ७ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु कर सहित हुन् । योजना अन्तर्गतका सबै प्याकको समयावधि ३० दिन रहेको छ र प्याकको भोल्युम चाँडै सकिएमा ग्राहकले प्याकको बाँकी समयावधि भर मात्र रु १ प्रति एमबिको 'पे एज यू गो' दरमा इन्टरनेट चलाउन सक्नेछन् । सुलभ दरमा डेटा सेवाको फाईदा लिन ग्राहकले एस्ट्रिक्स् १२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् ।

''सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । हामी आशा गर्दछौ, यो अफरले बढी भन्दा बढी मानिस समक्ष इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने छ,'' एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, ''यो अफरलाई पे एज यु गो शुल्कले थप विशेष बनाएको छ जस अन्तर्गत प्याकको भोल्युम सकिएपछि पनि ग्राहकले रु १ प्रति एमबिमा प्याकको समयावधि नसकिएसम्म इन्टरनेट चलाउन सक्नेछन् ।'' आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । यो अफर ९० दिन सम्म संचालनमा रहनेछ ।
Source: आजको खबर.com

खानेपानीको महसुल नतिर्नेलाई मेलम्चीको पानी वितरण नगरिने !




काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ ।

लिमिटेडको रु दुई अर्ब १२ करोड पाँच लाख महसुल उठ्न बाँकी छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा महेशकुमार भट्टराईले जानकारी दिनुभयो ।




विसं २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा आउने भएपछि लिमिटेडले यस्तो तयारी गरेको हो । “लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा हाल बिच्छ््याइरहेको पाइप फेरि बिच्छ््याउन सडक खन्न झन्झट हुने भएकाले महसुल नतिरेका ग्राहकको घरसम्म पनि पाइप पुग्छ, तर अहिलेको पाइप प्रणालीमा विशेष प्रविधि भएकाले महसुृल नतिर्ने ग्राहकलाई पानी दिइदैन, मिटर राखेर धारामा पानी पठाइँदैन”–उहाँले भन्नुभयो ।

यो विशेष किसिमको साँचो ९भल्भ बुक कि० लिमिटेडसँग मात्र हुने व्यवस्था भएकाले महसुल नतिर्ने ग्राहकलाई कडाइ गरिन लागेको हो । यो प्रणाली नेपालमा पहिलोपटक जडान हुँदैछ ।

मेलम्चीको पानी आएपछि वितरणका लागि सञ्जाल निर्माण गरिरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले नयाँ प्रविधिले पाइप प्वाल पारेर चोरी गर्नेलाई रोक्न नसके पनि वैधानिक रुपमा दर्ता भई मिटर जडान गरेका ग्राहकको मिटरमा पानी नजाने गरी बन्द गर्न सकिने व्यवस्था गरिएको बताउनुहुन्छ ।

“मिटर अघि सानो ‘मेकानिकल डिभाइस’ राखिन्छ, यसलाई उपभोक्ता आफैँले खोल्न सक्दैनन्, खोल्नका लागि लिमिटेडका कर्मचारीले विशेष प्रकारको साँचो प्रयोग गर्नुपर्छ, पहिले जस्तो प्लम्बरले सानो पानी आउँदा बढाउन सकिने व्यवस्था अहिले छैन, यो व्यवस्था गरेपछि पानीको अव्यवस्था हट्ने विश्वास छ”–उहाँले भन्नुभयो ।

नेपाल खानेपानी संस्थान हुँदाको रु ६८ करोड ५० लाख र लिमिटेड बनेपछिको रु एक अर्ब ४३ करोड ५५ लाख गरी रु दुई अर्ब १२ करोड पाँच लाख बक्र्यौता बाँकी रहेको काउखाली ९केयुकेएल० ले जनाएको छ ।

लिमिटेड महाराजगञ्ज शाखाको रु २७ करोड ८८ लाख, त्रिपुरेश्वर शाखाको रु २० करोड ४० लाख, क्षेत्रपाटी शाखाको रु १५ करोड ४३ लाख, महाङ्कालचौर शाखाको रु १७ करोड नौ लाख, बानेश्वर शाखाको रु २७ करोड ३५ लाख, कमलादी शाखाको रु छ करोड एक लाख, ललितपुर शाखाको रु २१ करोड २६ लाख, भक्तपुर शाखाको रु चार करोड ६२ लाख, कीर्तिपुर शाखाको रु ५६ लाख, मध्यपुर ठिमी शाखाको रु एक करोड ६८ लाख र ट्याङ्कर शाखाको रु एक करोड १४ लाख महसुल उठ्न बाँकी छ ।

लिमिटेड सञ्चालक समितिको बैठक समयमा बसेर साधारण सभा र लेखापरीक्षक नियुक्तिको निर्णय नगर्दा उठ्न बाँकी महसुल विवरण वार्षिक प्रतिवेदनमै पनि उल्लेख गर्न नसकिएको त्यहाँ कार्यरत एक कर्मचारीले बताए ।

लिमिटेड सञ्चालक समितिका अध्यक्ष सुरेश बस्नेत आर्थिक वर्ष २०७०÷७१ देखि २०७२÷७३ सम्मको लेखापरीक्षण गर्न बाँकी रहेको बताउनुहुन्छ ।

“आर्थिक वर्ष २०७०÷७१ र ०७१÷७२ को लेखापरीक्षण एक महिनाभित्र सकी ०७२÷७३ का लागि लेखापरीक्षक नियुक्ति गरिँदैछ, यसपछि बाँकी सबै महसुल उठाउने बाटो खुल्छ”–उहाँले भन्नुभयो ।

संस्थानलाई विसं २०६४ फागुन १ गतेदेखि लिमिटेडमा परिवर्तन गरिएको थियो । सरकारले २०३३ सालदेखि महसुुल लिएर पानी वितरण सुरु गरेको हो । २०४१ सालसम्म ग्राहकले भन्ने वित्तिकै धारा जोडिन्थ्यो । त्यसबेला धारा जोड्न नागरिकताको प्रतिलिपि, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपिको अनिवार्यता थिएन ।

यसैले २०४१ साल अघिका धाराको लगत भए पनि कुन ठाउँमा धारा छ भन्ने समेत स्पष्ट छैन । यस्ता धाराको सङ्ख्या १० हजार रहेको लिमिटेडले जनाएको छ । यी धाराबाट महसुल लिन थालेदेखिकै बक््र्यौता बाँकी छ ।

सरकारी आयोजना भाडाको घरमा बस्दा जोडिएका धाराको पनि महसुल तिरिएको छैन । ती धारा सरकारका विभिन्न निकायका नाममा भए पनि घर छोडेर अन्यत्र स्थापित भइसकेका छन् । ती घरका धनीले पानी प्रयोग गरे पनि धारा सरकारी संस्थाका नाममा भएकाले महसुल बाँकी रहेको हो ।

विसं २०३० अघि खानेपानीको काम गर्ने निकायलाई पानी अड्डा वा गोश्वारा भनिन्थ्यो । त्यसपछि खानेपानी तथा ढल निकास समिति भन्न थालियो । २०४१ सालपछि खानेपानी तथा ढल निकास संस्थान नाम दिइयो । विसं २०४६ देखि भने नेपाल खानेपानी संस्थान नामाकरण गरियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २१ गते निवास बालुवाटारमा खानेपानीसँग सम्बन्धित सरकारी निकायका अधिकारीलाई बोलाएर उपत्यकामा पानीको चुहावट ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न र बाँकी बक््र्यौता तत्काल उठाउन निर्देशन दिनुभएको थियो ।

महसुल नतिर्नेलाई नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको जस्तो सजिलो तरिकाले सेवा अवरुद्ध गर्नसक्ने प्रविधि लिमिटेडसँग नभएकाले लामो समयदेखि धेरै बक््र्यौता बाँकी रहेको छ ।

मेलम्चीको पानी वितरण गर्न निर्माण गरिएको नयाँ सञ्जालमा राखिएको प्रविधिले पैसा नतिर्नेका लाइन काट्न सहज बाटो खोलिदिएपछि धेरै बक््र्यौता बाँकी नरहने लिमिटेडको विश्वास छ ।

Sunday, 18 December 2016

कामदारको अधिकार रक्षाका लागि नेपाल र कतार सरकारबीच सहमति


काठमाडौँ, ३ पुस । नेपालको राष्ट्रिय मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा आइतबार हस्ताक्षर भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर आयोगका अध्यक्ष अनुपराज शर्मा र समितिका अध्यक्ष अलि बिन समिख अल्मारीले आइतबार काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर गरोक हुन् । यसअघि गतवर्ष कात्तिक ३० गते भएको १० बुँदे सम्झौता कार्यान्वयन गर्न ११ बुँदे सम्झौता कार्यान्वयन योजनामा हस्ताक्षर भएको हो ।



कार्यान्वयन योजनाका मुख्य बुँदामा प्रभावकारी सूचना आदानप्रदानका लागि सम्पर्क अधिकृत तोक्ने, वैदेशिक रोजगारीमा पठाउने निजी कम्पनीलाई प्रशिक्षित गर्ने, नेपाली कामदारको गुनासो समाधानको सहजीकरणका लागि निःशुल्क कानुनी सहयोग कतारको मानवअधिकार समितिले प्रदान गर्ने उल्लेख छ ।

त्यसैगरी मानवअधिकार समिति कतारले आफ्ना सम्बद्ध श्रम, आन्तरिक मामिला मन्त्रालयका कर्मचारीलाई र नेपालमा समृद्ध मन्त्रालयका कर्मचारीलाई आप्रवासी कामदारको अधिकारको सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने, नेपाली प्रवासी कामदारको व्यावसायिक सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धानका लागि सहयोग गर्ने, मानवअधिकारसम्बन्धी एसिया प्रशान्त मञ्चको सहजीकरणमा दुबै पक्षको कर्मचारीको क्षमता अभिवृद्धि गर्नेलगायतका विषय योजनामा उल्लेख गरिएको छ ।

आयोगका अध्यक्ष शर्माले यसअघि सन् २०१० मा आयोगले दक्षिण कोरियाको मानवअधिकार आयोगसँग कामदारको हकहितसम्बन्धी घोषणापत्रमा हस्ताक्षर भएकामा कतारसँगको सम्झौता दोस्रो भएको जानकारी दिए । सम्झौताले कतारमा भएका नेपालीका कामदारको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गरे ।

कतारका समितिका अध्यक्ष अल्मारीले आफ्नो मुलुकमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा नेपालीसहित अन्य देशका विदेशी कामदार रोजगारीका लागि आइरहेको र उनीहरुको अधिकारका लागि कतारले विभिन्न कार्यक्रम सुरु गरेको जानकारी दिए । गत मंसिर २८ गते कतार सरकारले आप्रवासी कामदारको हकहितका लागि निकै सुधारका कार्यक्रम घोषणा गरेको जसअन्तर्गत कतारमा कामदारको आवागमन, बसाई र स्वदेश फिर्ती धेरै सहज हुने उनले बताए ।

आयोगका सदस्य सुदीप पाठकले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस र कतारको राष्ट्रिय दिवसको अवसरमा सम्झौतापत्रमा हस्ताक्षर भएको बताउँदै यसको कार्यान्वयनमा दुबै देशका आयोग प्रतिवद्ध रहेको घोषणा गरे ।

गत वर्ष कात्तिक ३० गते भएको १० बुँदे सम्झौताको अवधि चार वर्षको रहने र आवश्यकतानुसार समावधि थप्न सकिने जनाइएको छ । रासस

Saturday, 17 December 2016

२०७३ सालको पुष महिनाको मासिक राशिफल !



मेष

आफ्नै प्रभुुत्वमा सबै काम सम्पन्न भए पनि बाधाहरू आइलाग्न सक्छन् । घर खर्च बढ्ला । श्रीमान्ले गरेको सहयोगमा आफ्नो चित्त नबुुझ्नसक्छ । अनपेक्षित विवादको योग छ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । इच्छाअनुुसार सबै काम पूूरा हुुँदै जानेछन् । साथीसँगीहरूसित भेटघाट गर्ने अवसर जुुट्नेछ । विभिन्न सरसामानको जोहो हुुनेछ । आर्थिक लाभ हुुने देखिन्छ ।

वृष

काममा अपेक्षित सफलता प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । कुनै विशेष काममा सफलता हात पर्ला । सन्तान प्राप्तिको योग छ । विभिन्न सरसामग्री किनमेल हुुनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ रहनुुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । महिनाको उत्तराद्र्धमा अनपेक्षित कलहको योग भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुुपर्ने देखिन्छ ।



मिथुन

पारिवारिक वातावरण सुुखमय रहनेछ । यात्रा गर्ने अवसर जुर्नसक्छ । दाम्पत्य जीवन सुुखमय रहनेछ । जाँगरमा कमी आउनसक्छ भने पेट दुुख्ने समस्याले सताउनसक्छ । भाउजू–बुुहारी एवं नन्द–आमाजूहरूसँग रमाइलो भेटघाट हुुनसक्छ । आर्थिक लाभ पनि हुुनेछ । नवविवाहिताहरूले श्रीमान्सँग घुुम्न जाने अवसर प्राप्त गर्नेछन् । वादविवाद हुुने सम्भावना छ ।



कर्कट

कुुनै विशेष काममा सफलता मिल्नेछ । मनमा भएको बोझ हट्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । पराक्रम बढ्नेछ । रक्तचापको मात्रामा घटबढ हुुनसक्छ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । प्रतियोगितात्मक कार्यमा विजय प्राप्त हुनेछ । दाम्पत्य जीवन सुुमधुुर रहला । परिवारमा कसैलाई स्वास्थ्य समस्याले सताउन सक्छ ।



सिंह

आफूले गरेको कामको परिणाम के होला भनेर मनमा द्विविधा उत्पन्न हुनसक्छ । टाउको, शरीर एवं हातखुुट्टा दुुख्ने समस्याले सताउनसक्छ । कुुनै कुुरालाई लिएर परिवारमा छलफल चल्नसक्छ । परिवारका सदस्यहरूको भावनाअनुुसार काम गरे सम्भावित अपजसबाट जोगिन सकिनेछ । दाम्पत्य जीवनमा सामान्य खटपट परे पनि माया–प्रीति भने कायमै रहनेछ । छोराछोरी आज्ञाकारी रहनेछन् ।



कन्या

कुुनै कुुराले भित्रभित्रै पिरोल्नसक्छ । घर–परिवारबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुुर्नेछ । परिवारमा कसैलाई सन्तान लाभ हुुनसक्छ । आर्थिक लाभ हुुनुुका साथै आकस्मिक उपहार प्राप्त हुने सम्भावना छ । काममा जस प्राप्त गर्न गार्‍हो छ । कामका साथै स्वास्थ्य एवं खानपिनमा विशेष ध्यान दिनुुपर्ने बेला छ ।



तुला

मनमा प्रसन्नता छाउनेछ । कुुनै काम विशेषले यात्रा गर्नुुपर्ने हुुनसक्छ । जोस–जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । नयाँ काम गर्ने विचार उत्पन्न हुनसक्छ । पुुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुर्नेछ । परिवार एवं इष्टमित्रका बीच समय बित्नेछ । छोराछोरीबाट सुुख–सन्तोष प्राप्त होला । नवविवाहिताहरूले परिवार एवं इष्टमित्रबाट अपेक्षित माया तथा सद्भाव प्राप्त गर्नेछन् । दाम्पत्य जीवन सुुखमय रहनेछ ।



वृश्चिक

टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । माल–सामान हराउने योग छ । साथीभाइहरूसँग भेटघाट गर्ने अवसर जुुर्नेछ । सबै काम आफ्नै रोहबरमा सम्पन्न भए पनि कुुनै कुुराले गर्दा मन चिन्तित रहनसक्छ । सानातिना कामका लागि पनि निकै खट््नुुपर्नेछ । आर्थिक पक्ष सबल हुुनुुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । दाम्पत्य जीवन सुुखमय देखिन्छ ।



धनु

पेट, मुुटुु एवं रक्तचापका रोगीहरूले विशेष सावधानी अपनाउनुुपर्ने बेला छ । वैदेशिक यात्राको योग छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । योजनाअनुुरूप नै काम सम्पन्न हुुनेछन् । सहयोगी हातहरू पछि हट्न सक्छन् । विभिन्न प्रकारका झमेलाबाट टाढै रहन सके सम्भावित विवादबाट जोगिन सकिन्छ । अनावश्यक खर्च हुुनसक्छ ।



मकर

पारिवारिक वातावरण सुुखमय रहनुुका साथै सबैबाट अपेक्षित सद््भाव प्राप्त हुनेछ । जीवनसाथी सहयोगी रहनेछन् । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । विभिन्न सामग्रीको किनमेल हुुनेछ । पारिवारिक खुुसीका निमित्त खर्च हुुनसक्छ । माल–सामान हराउने एवं चोटपटक लाग्ने सम्भावना छ । दाम्पत्य जीवनमा खटपट पर्नसक्छ ।



कुम्भ

जोस एवं जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । क्रमश: सबै काम सफल हुँदै जानेछन् । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । कतै घुुमघाम गर्न जाने अवसर जुुट्नसक्छ । कुुनै विशेष काममा सफलता प्राप्त हुनेछ । मान–सम्मान मिल्नेछ भने व्यक्तिगत खुुसीका लागि किनमेल हुुनसक्छ । कुुनै कुुराको लाभ हुनेछ । दाम्पत्य जीवन सुुखमय छ ।



मीन

कुुनै काममा विशेष सफलता मिल्नेछ । रोकिएका कामले पनि गति लिन थाल्नेछन् । दाम्पत्य जीवन सुुखमय रहनेछ । घरमा कुुनै सामान हेरफेर हुुनसक्छ । मित्रवर्गसँग भेटघाट गर्ने अवसर जुुट्नेछ । व्यक्तिगत खुुसीका लागि केही खर्च हुुनसक्छ । अनावश्यक खर्च हुुने योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजयी भइनेछ । आकस्मिक उपहार प्राप्त होला ।

Thursday, 8 December 2016

पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने व्यवस्था प्रस्थाबित !


पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको प्रमाण नपुगे अंश दाबी गर्न नमिल्ने व्यवस्था प्रस्तावित भएको हो । यो खबर आजको गोरखापत्रबाट लिएका हौ।



संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा यस्तो प्रावधान राखिएको छ । विधेयकमाथिको छलफल सकेर सांसद राधेश्याम अधिकारी संयोजक रहेको उपसमितिले समिति सभापति गङ्गा चौधरीसमक्ष मङ्गलबार प्रतिवेदन बुझाएको छ ।

संयोजक अधिकारीले संहितामा मुलुकी ऐनका ६० प्रतिशत प्रावधान, सर्वोच्चले प्रतिपादन गरेका नवीनतम नजिर र केही अन्तर्राष्ट्रिय अभ्याससमेत समेटेर उपसमितिले प्रतिवेदन तयार पारेको बताए। अधिकारीले सम्पत्तिमा इच्छापत्र, गैरआवसीय नेपालीको अचल सम्पत्ति हस्तान्तरणसम्बन्धी व्यवस्था र विवाह तथा अंशबण्डामा नवीनतम पक्षहरू समेटिएको बताए।

उपसमितिको प्रतिवेदन अनुसार सम्वन्धविच्छेद गर्न पुरुषका लागि मुलुकी ऐनको प्रचलित व्यवस्थामा परिमार्जन भएको छ । अहिले पुरुषले सम्बन्धविच्छेदका लागि गाविसबाट प्रक्रिया सुरु गर्नुपर्नेमा प्रस्तावित व्यवस्थामा जिल्ला अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन् । महिलाको हकमा भने अहिले पनि अदालतबाटै प्रक्रिया सुरु हुन्छ ।

यस्तै सम्बन्धविच्छेदमा पतिपत्नी दुवैले चाहेको अवस्थामा तत्काल प्रक्रिया सुरु हुनेछ । दुईमध्ये एकको मात्र इच्छा भएमा सहमतिका लागि एक वर्ष अदालतले ‘कुलिङ पिरियड’को समय दिनेछ । एक वर्षसम्म पनि मिल्न नसकेको अवस्थामा भने अदालतले सम्वन्धविच्छेद गराइदिनुपर्नेछ । उपसमितिले मूल विधेयकको दफा ९८ मा प्रतिबन्धात्मक वाक्यांश थप गरी त्यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

प्रस्तावित प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, “दफा ९७ बमोजिम पति र पत्नीबीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराइदिनुपर्नेछ । ”

यस्तै उपसमितिले गैरआवासीय नेपालीले राजनीतिक अधिकार बाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोगका लागि संविधानले अधिकार दिएकाले अचल सम्पत्ति हस्तान्तरणको व्यवस्थालाई सहज बनाएको छ । विदेशमा कुनै पनि अंशियार रहेका कारणले अंशबन्डा हुन नसक्ने अवस्था अन्त्य गर्दै उपसमितिले विदेशमा रहेको अंशियारको अधिकृत वारेसनामा भएमा अंशबन्डाको प्रक्रिया अगाडि बढ्नसक्ने व्यवस्था प्रस्ताव गरेको छ । उपसमितिले गुठी स्थापना र सञ्चालनमा पनि नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

शेयर गर्नुहोस


Click to email this to a friend (Opens in new w

Thursday, 1 December 2016

संबिधान संसोधन बिधेयक पारित गर्न कठिन, यस्तो छ संसदको अंक गणितिय संख्या !




काठमाडौँ - सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्ने/नगर्ने विषयमा साना दलहरू निर्णायक देखिएका छन् ।



असन्तुष्ट मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकारले प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता र भाषा जस्ता विषयका लागि मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेको छ । विधेयक सदनमा प्रस्तुत गर्ने गरी परिपक्व हुन ५ दिन लाग्ने कानुनी व्यवस्था छ ।

सरकारले मंगलबार कार्यालय समयपछि विधेयक दर्ता गराएकाले परिपक्व हुन लाग्ने ५ दिनको गणना बुधबारदेखि मात्रै हुन्छ । संसद् नियमावलीको नियम १२० अनुसार सरकारले सदनमा विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव राख्नु एक दिनअगावै कुनै पनि सदस्यले विरोधको सूचना दिन पाउने छन् ।

प्रमुख प्रतिपक्षी एमालेसहित विधेयकको विपक्षमा रहेका दलका सांसदहरूले गराउने विरोधको सूचनामै सदनमा पहिलो मतदान हुन सक्छ । एमालेले सरकारले संवैधानिक प्रावधानविपरीत मात्र नभई अदालतको अवहेलना गर्ने गरी विधेयक ल्याएको दाबी गर्दै बिहीबारदेखि सदन नै अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रमुख प्रतिपक्षी दलका सांसदले बैठक बहिष्कार मात्र नभई आ–आफ्नो स्थानमा उभिएर सांकेतिक विरोध गरे पनि बैठकको कारबाही अघि नबढ्ने संसदीय अभ्यास छ ।

सदनमा विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावविरुद्ध विरोधको सूचना परे सदनको साधारण बहुमतले त्यसलाई अस्वीकृत गर्न र अनुमति माग्ने प्रस्ताव पारित गर्न सक्छ । ५ सय ९४ सदस्य बहाल रहेको संसद्मा सत्तारूढ गठबन्धनको सहज बहुमत भए पनि संविधान संशोधन पारित गर्न आवश्यक दुई तिहाइ (३ सय ९६) मत पुर्‍याउन भने निकै माथापच्ची गर्नुपर्ने अवस्था छ ।

संविधान संशोधन विधेयकको पक्षमा सदनमा तत्काल कायम कुल सदस्य संख्या (५ सय ९४) को दुई तिहाइ (३ सय ९६) मत नपरेको अवस्थामा विपक्षमा जतिसुकै कम मत परे पनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुने संवैधानिक व्यवस्था छ । विभाजनको प्रक्रिया (सांसदहरूले आ–आफ्नो वर्णानुक्रमअनुसारको नामावलीमा दस्तखत गरी मत दिने) अपनाउनुपर्ने भएकाले विधेयक पारित गराउन सत्तापक्षले आफ्नो प्रस्तावको पक्षमा कम्तीमा ३ सय ९६ मत जुटाउनुपर्छ ।

संसद्मा सत्तारूढ माओवादीको ८२ र कांग्रेसको २ सय ७ सिट छ । संविधान संशोधन विधेयकका पक्षमा उभिएका दुवै सत्तारूढ दलभित्र पनि प्रदेश नं. ५ को विभाजनका विपक्षमा केही सांसद मुखर रूपमा छन् । सदनमा ३७ सिट रहेको सत्तारूढ राप्रपाले संविधान संशोधनका पक्षमा सकारात्मक भए पनि औपचारिक निर्णय गरिसकेको छैन ।

संविधान संशोधन विधेयक पारित गर्न सदनको चौथो शक्ति राप्रपाका अतिरिक्त मधेस केन्द्रित दलहरू र सदनमा प्रतिनिधित्व गर्ने साना दलमध्ये प्रत्येकको भूमिका निर्णायक हुनेछ । संविधान संशोधन विधेयकको अन्तरवस्तुमा आलोचनात्मक टिप्पणी गरिरहेका समाजवादी फोरम वा अन्य कुनै घटकले मतदान नगरे मात्र नभई प्रदेश नं. ५ को विभाजनप्रति असन्तुष्ट कांग्रेस–माओवादीकै कुनै सांसद अनुपस्थित रहे प्रस्ताव पारित हुन सक्दैन । यद्यपि संसदीय अभ्यासमा दलको हिवपअनुसार मतदान गर्नु प्रत्येक सांसदको बाध्यता हुन्छ ।

सदनमा संघीय समाजवादी फोरम नेपालको १५, फोरम लोकतान्त्रिकको १४, तराई–मधेस लोकतान्त्रिक पार्टीको ११, सद्भावना पार्टीको ६, तराई–मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीको ३/३ सिट छ । सदनमा फोरम (गणतान्त्रिक), नेपाल सद्भावना पार्टीको १/१ सिट छ भने बाँकी सिट अन्य साना दलको छ ।

प्रधानमन्त्री निर्वाचनमा माओवादी–कांग्रेस गठबन्धनका पक्षमा मत दिएका मधेस केन्द्रित दलहरूसमेत संविधान संशोधन विधेयकलाई पूर्ण समर्थन नगरेकाले पनि संसदको अंकगणितको योगफल निकाल्न अप्ठ्यारो छ । सरकारले मधेसी दलहरूकै असन्तुष्टि सम्बोधन गर्न संविधानमा दोस्रो संशोधन विधेयक दर्ता गरे पनि सरकार र असन्तुष्ट पक्षबीच कुनै लिखित समझदारी भएको छैन ।

सदनमा प्रमुख प्रतिपक्षी एमालेको १ सय ८२ (कुल सदस्य संख्याको ३० दशमलव ६३ प्रतिशत) सिट छ । नेकपा–माले (५), नेमकिपा (४), राष्ट्रिय जनमोर्चा (३), नेपा पार्टी (१) औपचारिक रूपमै संविधान संशोधन विधेयकको विपक्षमा उभिएका छन् । संविधान संशोधन पारित हुनबाट रोक्न उनीहरूलाई अन्य दुई सांसदको मात्रै सहयोग भए पुग्छ ।

संविधान संशोधन विधेयकका विरुद्धको आफ्नो गठबन्धनका पक्षमा अन्य साना दलहरूसमेत रहेको दाबी गर्दै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले दुई तिहाइबाट पारित नै हुन नसक्ने विधेयक दर्ता गरेको बताए ।

Wednesday, 30 November 2016

३० नोभेम्बर / मंसिर १५ को लागि राष्ट्रबैंकले निर्धारण गरेको बिदेशी मुद्राको रेट यस प्रकार छ


३० नोभेम्बर / मंसिर १५ को लागि राष्ट्रबैंकले निर्धारण गरेको बिदेशी मुद्राको रेट यस प्रकार छ

हेर्नुहोस् बिश्व मनि मार्केटमा डलर ,पाउन्ड ,रियल , वन ,रिन्ग्रेट , दिनारको रेट के कति छ ! हेर्नुस सिधै राष्ट्रबैंकले आजको बिदेशी विनिमय दर |


Foreign Exchange Rates


Rate Requestarchives…
Exchange Rate for 30 November, 2016

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
 U.S. Dollar
1
109.56
110.16
 European Euro
1
115.98
116.62
 UK Pound Sterling
1
136.20
136.95
 Swiss Franc
1
107.93
108.52
 Australian Dollar
1
81.78
82.23
 Canadian Dollar
1
81.43
81.88
 Singapore Dollar
1
76.67
77.09
 Japanese Yen
10
9.73
9.78
 Chinese Yuan
1
15.88
15.97
 Saudi Arabian Riyal
1
29.21
29.37
 Qatari Riyal
1
30.09
30.25
 Thai Baht
1
3.07
3.09
 UAE Dirham
1
29.83
29.99
 Malaysian Ringgit
1
24.53
24.67
 South Korean Won
100
9.34
9.39
 Swedish Kroner
1
11.88
11.94
 Danish Kroner
1
15.59
15.68
 Hong Kong Dollar
1
14.13
14.20
 Kuwaity Dinar
1
359.11
361.08
 Bahrain Dinar
1
290.66
292.25